
गुवाहाटी, 22 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हेमन्त बिस्व सरमाले गए शनिवार राती एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसित बातचित गर्दै भने, भाजपा नेतृत्वाधिन राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)-ले असम विधानसभा चुनाउको लागि आफ्नो प्रचार अभियान आगामी 24 मार्चदेखि भवानीपुर-सरभोग विधानसभा क्षेत्रमा 40 किमी लामो रोडशो आयोजना गरेर गर्नेछ। यो रोड शो नामांकन दर्ता गर्ने अन्तिम मितिभन्दा एक दिनअघि हुनेछ।
मीडियालाई सम्बोधन गर्दै डा. सरमाले भने, गठबन्धनको लक्ष्य आगामी 24 मार्चदेखि औपचारिक रूपमा आफ्नो प्रचार अभियान शुरू गर्नेछ तथा 26 मार्चदेखि नियमित चुनावी सभाहरू निर्धारित छन्। उनले भने, भवानीपुर-सरभोग विधानसभा क्षेत्रमा एक रोड शो आयोजना गरिनेछ जुन लगभग 40 किमी लामो हुनेछ। तर नियमित सभाहरू आगामी 26 मार्चदेखि शुरू हुनेछ।
चमरिया सीटको बंटवारेलाई लिएर भइरहेको भुल बुझाबुझलाई पनि साम्य बनाइयो। उनले बताए, गल्तीले यो सीट भाजपा र उसको सहयोगी दल असम गण परिषद (अगप) दुवैलाई आवन्टित भएको थियो। उनले भने, अब हामीले फसेला लिएका छौं कि चमरियामा भाजपाको कुनै उम्मेद्वार हुनेछैन, भाजपा उम्मेद्वार दलगाउँबाट चुनाउ लड़्नेछन्। यस बयानबाट सीटहरूको बाँड़फाँड़मा भएको बदलाउको संकेत पाइन्छ।
असम विधानसभाका सबै 126 वटा सीटहरूको लागि आगामी 9 अप्रेलमा मतदान हुनेछ भने मतगणना 4 मईमा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा