
गुवाहाटी, 22 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार जयन्त दासलाई लिएर चर्को प्रतिक्रिया व्यक्त गर्दै भने, उनले कहिल्यै पनि भारतीय जनता पार्टी (भाजपा)-लाई हृदयबाट रूचाएनन्। पार्टीले यस मामिलामा सही निर्णय लिएको छ।
मुख्यमन्त्रीले भने, उनले जयन्त दासलाई शुभकामना दिएका छन् र यदि उनले चाह्यो भने दिसपुर विधानसभा क्षेत्रबाट चुनाउ लड़ेर जित्ने प्रयास गर्न सक्नेछन्।
उनले असम गण परिषद (अगप)- का विधायक रमेन्द्र नारायण कलिताको सन्दर्भमा भने, उनलाई गठबन्धनमा पूर्ण सम्मान दिइनेछ। उनले बताए, पहिला गुवाहाटीको एउटा सीट अगपलाई दिइएको थियो भने रहल सीटहरूमा भाजपाले चुनाउ लड़्थ्यो।
तथापि यसपालि अगपलाई डिमोरिया सीट दिनु परेको छ। मुख्यमन्त्रीले भने, जब कुनै विधायकले टिकट नपाएपछि नेता तथा कार्यकर्ताहरूमा असन्तोष हुनु स्वभाविक हो।
मुख्यमन्त्रीले यो पनि बताए, पार्टीले कलितासित सहयोग मागेका छन्। उनलाई जालुकबाड़ी विधानसभा क्षेत्रको चुनाउ प्रचारको महत्वपूर्ण जिम्मेवारी सुम्पिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा