राइजर दलले उम्मेद्वारहरूको अन्तिम सूची जारी गऱ्यो
राइजर दलले उम्मेद्वारहरूको अन्तिम सूची जारी गऱ्यो


गुवाहाटी, 22 मार्च (हि.स.)। क्षेत्रीय पार्टी राइजर दलले असम विधानसभा चुनाउ- 2026 को लागि आफ्ना उम्मेद्वारहरूको अन्तिम सूची आज जारी गरेको छ जसमा राज्यका प्रमुख निर्वाचन क्षेत्रहरूका उम्मेद्वारहरूको नाम सामेल छन्। पार्टीको चुनाउ समितिद्वारा अनुमोदित सूची अनुसार कलियाबरबाट प्रदीप कुमार बरुवालाई मैदानमा उतारिएको छ भने पार्टी अध्यक्ष अखिल गोगोईले शिवसागरबाट चुनाउ लड़्नेछन्।

अन्य उम्मेद्वारहरूमा गौरीपुरबाट अबुल मियाँ, पूब ग्वालपाड़ाबाट अब्दुर बासिद मण्डल, मानसबाट अञ्जन तालुकदार, दलगाउँबाट अजिजुर रहमान, धिंगबाट महबूब मुख्तार, तेजपुरबाट अलक नाथ, सिसिबरगाउँबाट दुलाल चन्द्र बरुवा, मार्घेरिटाबाट राहुल छेत्री, दिगबोईबाट दुलाल मोरान र मरियानीबाट ज्ञानश्री बोरा सामेल छन्।

पार्टीले भन्यो, बोकाखात निर्वाचन क्षेत्रको लागि उम्मेद्वारको घोषणा 22 मार्चमा गरिनेछ। पार्टी सूत्रले बतायो, कंग्रेससित चर्चा गरेपछि विपक्षी दलहरूबीच सीट बाँड़फांड़को व्यवस्थाअन्तर्गत राइजर दललाई 13 वटा निर्वाचन क्षेत्र आवन्टित गरिएको छ।

अखिल गोगोईले भने, यो पार्टीको अन्तिम सूची हो र पहिला घोषित उम्मेद्वारहरूको नाम यस सूचीमा सामेल छैन, उनीहरूको उम्मेद्वारीलाई रद्द मानिनेछ। उनले यस परिवर्तनप्रति खेद व्यक्त गर्दै भने,यो निर्णय भारतीय जनता पार्टी र यसका सहयोगीहरूसित प्रतिस्पर्धा गर्नको लागि विपक्षी एकताको व्यापक हितमा लिइएको हो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande