भाजपा अध्यक्षले जयन्त दाससित पर्टी त्याग्ने फसेलामाथि पुनर्विचार गर्ने अपील गरे
भाजपा अध्यक्षले जयन्त दाससित पर्टी त्याग्ने फसेलामाथि पुनर्विचार गर्ने अपील गरे


गुवाहाटी, 22 मार्च (हि.स.)। असम भाजपाका प्रदेश अध्यक्ष दिलीप सैकियाले पार्टी नेता जयन्त कुमार दाससित भाजपा छोड़्ने आफ्नो निर्णयमाथि पुनर्विचार गर्ने अपील गरेका छन्। गए राती एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गर्दै सौकियाले दासको राजीनामाथि प्रतिक्रिया व्यक्त गर्दै भने, यस्तो निर्णय सोच-विचार गरेर लिनुपर्छ। उनले जयन्त कुमार दाससित आफ्नो फसेलामाथि फेरि विचार गर्ने आग्रह गरे।

उनले भने, दासले पार्टीको लागि विशेष रूपमा दिसपुर विधानसभा क्षेत्रमा धेरै परिश्रम र समर्पणको साथमा काम गरेका छन्। सौकियाले दासको योगदानको सराहना गर्दै भने, उनले क्षेत्रमा पार्टीलाई मजबुत बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् र उनको प्रयास सराहनीय छ।

एक प्रश्नको उत्तरमा पार्टी अध्यक्षले भने, पार्टीका राष्ट्रिय प्रवक्ता तथा पूर्वोत्तरका प्रभारी सम्बित पात्रा एवं राष्ट्रिय सचिव जयन्त दास उनको घरैमा गएर सम्झाउने प्रयास गरिसकेका छन् भने अन्य गएर उनलाई बुझाउनुको कुनै औचित्य नै छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande