
सिलगढ़ी, 22 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ जति-जति नजिकिंदै गइरहेको छ उति-उति उत्तर बंगालको राजनीतिक पारा पनि चढ़्दै गइरहेको छ। यसै क्रममा सिलगढ़ी नगरनिगमको वार्ड नम्बर-44 को दशरथपल्ली क्षेत्रमा चुनाउ प्रचार गर्ने गर्दै गर्दा भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार शिखा च्याटर्जी र तृणमूल कंग्रेसकी पार्षद अनि बोरो चेयरम्यान प्रीतिकणा विश्वासमाझ चर्को बहस भयो। शुरूमा सौहार्दपूर्ण माहोल भए पनि विवाद बढ़्दै गएर देशभक्ति, सीमा सुरक्षा तथा हिन्दुत्व जस्तो मुद्दामा पुग्यो।
प्रचार अवधि शिखा च्यटर्जीले भनिन्, देश सबैभन्दा पहिला हो। बंगलादेश सीमाबाट खतरा छ। त्यहाँ कतिपय ठाउँंमा जमातको जीत भएको छ जसबाट देशमा अ्नुप्रवेश तथा अत्याचार हुनसक्ने आशंका छ।
यसमाथि प्रत्याक्रमण गर्दै प्रीतिकणा विश्वासले भनिन्, सीमाको सुरक्षा गर्ने दायित्व केन्द्र सरकारको हो। यो काम तपाईहरूको हो, तर तपाईहरूले राज्य सरकार र ममता ब्यानर्जीमाथि आरोप लगाइरहनु भएको छ।
काँड़े तार (फेंन्सिंग)-लाई लिएर पनि विवाद बढ़्यो। भाजपा समर्थकहरूको आरोप थियो, के्द्र सरकारले फण्ड दिरहेको भए पनि राज्य सरकारले जमीन उपलब्ध गराइरहेको छैन जसबाट काम थाँतीमा रहेको छ। अर्कोतिर तृणमूलको भनाइ थियो, सीमा सुरक्षा पूर्ण रूपवे केन्द्रको विषय हो।
बहसमा हिन्दुत्व र रोहिंग्याको मुद्दा पनि उठ्यो। शिखाले “देश बचाउने लड़ाईँ”- को कुरा गरिन् भने प्रीतिकणाले जवाफ दिँदै भनिन्, “हिन्दुत्वको नाममा मानिसहरूलाई भ्रमित पारिँदैछ।”
स्थानीय मानिसहरूले यस सम्पूर्ण घटनाक्रमलाई “दुई नेताबीचको सशक्त टक्कर”- को रूपमा हेरे।
तृणमूलको पक्षबाट दाबी गरियो, ममता ब्यनर्जी, गौतम देव र रञ्ज शील शर्माले भारी मतले जीत दर्ता गराउनेछन्। जबकि भाजपा उम्मेद्वार शिखा च्यटर्जीले यसलाई “देश बचाउने लड़ाईँ” बताइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा