
खड़गपुर, 22 मार्च (हि.स.)। दिलीप घोषले आइतवार खड़गपुरमा स्वामी प्रणवानन्दको 113औं पुण्य अविर्भावको अवसरमा भारत सेवाश्रम संघद्वारा आयोजित वार्षिक महोत्सवमा सामेल भएर जनसभालाई सम्बोधन गरे। कार्यक्रममा ठूलो संख्यामा श्रद्धालु तथा स्थानीय मानिसहरूको उपस्थिति देखियो जहाँ घोषले आफ्नो सम्बोधनमा राज्यका मुख्य मुद्दाहरूलाई प्रमुखताले उठाए।
बिहान खड़गपुरमा आयोजित एक सभालाई सम्बोधन गर्दै घोषले राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीको त्यस बयानमाथि चर्को प्रतिक्रिया व्यक्त गरे जसमा उनले देशका प्रधामन्त्री नरेन्द्र मोदीलाई ‘घुसपैठी’ बताइन्। घोषले यसलाई दुर्भाग्यपूर्ण बताउँदै भने, पछिल्लो दुई दशकभित्रमा अवैध भोट ब्यांक बनएर राजीति गर्दै आइरहेकी छन् जबकि आम जनताको अधिकार, सुरक्षा अनि भविष्यलाई अदेखा गरियो।
उनले आरोप लगाे, भोट बढ़ाउने राजनीति मात्र गरेको कारणले राज्यको स्थिति प्रभावित भएको हो। घोषले भने, बंगालका जनताले अब सबै बुझिरहेका छन्। जनता परिवर्तनको पक्षमा उभिएका छन्। उनले दाबी गरे, भाजपाले नै घुसपैठलाई रोकेर राज्यको सुरक्षा अनि हितहरूको रक्षा गर्न सक्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा