
गुवाहाटी, 22 मार्च (हि.स.)। असम प्रदेश भाजपाले भनेको छ, आगामी विधानसभा चुनाउ राज्यका स्वदेशी (खिलञ्जि) मानिसहरूको अधिकार तथा अस्मिताको रक्षा गर्ने संकल्प हो, जसलई उसले “बंगाली मूलका मुसलमानहरूको मौन आक्रमण” विरूद्ध लड़ाईँ बताएको छ।
पार्टीका प्रवक्ता किशोर कुमार भट्टचार्यले आइतवार आयोजित एक सम्वाददाता सम्मेलनमा आरोप लगाए, पूर्ववर्ती कंग्रेस सरकारले भोट ब्यांकको राजनीतिले गर्दा असमिया जातीयतालाई कमजोर बनायो अनि व्यापक रूपमा भूमि अतिक्रमणले प्रोत्साहन पायो। उनले भने, वर्ष 2016-देखि यता भाजपाले अतिक्रमण हटाउनको लागि ठोस कदम उठाएको छ। अहिलेसम्ममा लगभग 1.5 लाख बिगा भूमिलाई मुक्त गराइसकेको छ।
भाजपाले आगामी पाँच वर्षोंभित्रमा पाँच लाख बिघा भूमिलाई अतिक्रमण मुक्त बनाउने लक्ष्य राखेको छ। प्रवक्ताले असमिया भाषालाई शास्त्रीय भाषाको दर्जा पाएको उल्लेख गर्दै विश्वास व्यक्त गरे, आगमी 9 अप्रेलमा हुने चुनाउमा राज्यका जनताले भाषा, संस्कृति औ भौगोलिक सुरक्षाको हितमा भाजपा-नीत राजगलाई पुनः सत्तामा ल्याउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा