
गुवाहाटी, 22 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रतिबन्धित संगठन उल्फाद्वारा भर्खरै गरिएको हमलाको घोर निन्दा गर्दै यसलाई अस्वीकार्य बताए अनि दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने आश्वासन दिए।
मीडियासित बातचित गर्दै मुख्यमन्त्रीले बताए, प्रभावित क्षेत्रहरूमा सेना र राज्य पुलिसद्वारा संयुक्त अभियान संचालन गरिँदैछ। उनले भने, सुरक्षा बलहरूले आपस्तमा समन्वय राखेर काम गरिरहेका छन् ताकि उग्रवादीहरूको बारेमा पत्तो लगाएर क्षेत्रमा शान्ति बहाल गर्न सकियोस् अनि यस्ता घटनाहरूको पुनरावृत्तिलाई रोक्न सकियोस्।
राजनीतिक मोर्चा उनले भने, आसन्न असम विधानसभा चुनाउमा भाजपा नेतृत्वाझिन गठबन्धनले 104 वटा सीट जित्ने लक्ष्य लिएको छ। उनले पार्टीको सम्भावनाप्रति विश्वास व्यक्त गरे। मुख्यमन्त्रीले यो पन जानकारी गराए, चुनाउ प्रचार अभियान मंगलवारदेखि शुरू हुनेछ जसान्तर्गत राज्यभरि नै व्यापक जनसम्पर्क कार्यक्रम संचालन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा