लालगोला पञ्चायतमा तृणमूलको कब्जा, कंग्रेसलाई झट्का
लालगोला पञ्चायतमा तृणमूलको कब्जा, कंग्रेसलाई झट्का


मुर्शिदाबाद, 22 मार्च (हि. स.)। जिल्लाको लालगोलामा कंग्रेसलाई ठूलो झट्का लागेको छ। कंग्रेस संचालित पञ्चायत समितिका केही सदस्यहरू पार्टी त्यागेर तृणमूलमा सामेल भएका छन्। सोमवार थप दुईजना सदस्यहरू तृणमूलमा सामेल हुने सम्भावना छ। यसले गर्दा अब पञ्चायत बोर्ड कंग्रेसको हातबाट फुस्किसकेको छ।

आइतवार आयोजित एक कार्यक्रममा लालगोला पञ्चायत समितिकी अध्यक्ष लक्ष्मी सरकारले तृणमूलको झण्डा ग्रहण गरिन्। उनीसित पञ्चायत समितिका तीनजना कार्याध्यक्ष क्रमैले हुमायुँ कबीर, आजिनुर बीबी औ नजरुल इस्लामले पनि पार्टी परिवर्तन गरे। यस अतिरिक्त समितिकी सदस्य शुक्तारा बीबी, एलिजा बीबी समेत छःजना नेता अनि कार्यकर्ताहरूले कंग्रेसलाई छोड़ेर तृणमूलमा सामेल भए।

लालगोला पञ्चायत समितिमा 36 वटा सीट छ जसमध्ये 22 वटा सीट कंग्रेस, 12 वटा तृणमूल र एउटा भाजपा अनि एउटा निर्दलीयसित थियो। अब आइतवार तृणमूलको सीट बढ़ेर 18 पुगेको छ भने कंग्रेसको घटेर 16 भएको छ। यस परिवर्तनसितै पञ्चायत समितिमा तृणमूलको नियन्त्रण स्थापित भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande