
झाड़ग्राम, 22 मार्च (हि.स.)। आगामी विधानसभा चुनाउलाई लिएर झाड़ग्राम जिल्लामा कड़ा सुरक्षा व्यवस्था लागू गरिएको छ। चुनाउ कार्यक्रम घोषणा भएपछि आइतवार बिहानदेखि नै जिल्लाका चारै विधानसभा क्षेत्रहरूमा एकसाथ नाका जांच, गस्ती तथा व्यापक खोजी अभियान शुरू गरिएको छ।
जिल्ला प्रशासन अनुसार केन्द्रिय बलहरूको 232 नम्बर महिला बटालियन औ 24 नम्बर बटालियनका जवानहरूसँगसँगै राज्य पुलिसका अधिकारीहरूले संयुक्त रूपमा यो विशेष अभियान संचालन गरिरहेका छन्। हरेक महत्वपूर्ण चौरस्ता तथा अन्तर्राज्यीय सीमाहरूमा सीसीटीभी क्यामरा तथा निगरानी चौकी स्थापना गरिएको छ।
झाड़ग्रामको सीमाना एकातिर ओडिशा र अर्कोतिर झारखण्डसित गाँसिएको छ, त्यसैले बाहिरका राज्यहरूबाट कुनै पनि असामाजिक तत्वहरूको घुसपैठलाई रोक्नको लागि विशेष सतर्कता अप्नाइंदैछ। चुनाउ अवधि अवैध धन, हतियार वा अन्य सामग्रीको तस्करीलाई रोक्नको लागि हरेक वाहनको नम्बर दर्ता गराइँदैछ भने यात्रीहरूको विस्तृत जानकारी लिइँदैछ।
आम मतदाताहरूमा विश्वास बहाल गर्ने अनि भयमुक्त वातावरण बनाउनको लागि केन्द्रिय बलहरूद्वारा गाउँदेखि शहरसम्म लगातार रूट मार्च गरिँदैछ।
स्मरण गराइन्छ, एक समयमा माओवादी गतिविधिहरूबाट प्रभावित रहेको जंगलमहल क्षेत्रको संवेदनशीलतालाई केन्द्र गर्दै यसपालि चुनाउ आयोगले सुरक्षामाथि विशेष बल दिएको छ। प्रशासन कुनै पनि प्रकारको जोखिम उठाउने मूडमा छैन। निष्पक्ष, शान्तिपूर्ण औ स्वतन्त्र चुनाउ सुनिश्चित गर्नु नै यस व्यापक सुरक्षा व्यवस्थाको मुख्य उद्देश्य हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा