
नयाँ दिल्ली, 22 मार्च (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजित सिंह सन्धू तथा दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले दिल्ली सिख गुरुद्वारा प्रबन्धन कमिटीका अध्यक्ष सरदार हरमित सिंह कालकाकी माता प्रीत मोहिनी कौरको निधनमा शोक व्यक्त गरेका छन्। प्रीत मोहिनी कौरको निधन गए शनिवार भएको थियो।
उपराज्यपालले आइतवार लोधी रोड श्मशान घाटमा पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गरे। उपराज्यपालले यस कठिन घड़ीमा कालका तथा उनको परिवारप्रति संवेदना व्यक्त गरे।
उनीसित दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले पनि अन्तिम संस्कारमा सम्मिलित भएर उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। सिरसाले शोकाकुल परिवारसित यस दुःखको घड़ीमा आफ्नो संवेदना साझा गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा