बानरहाटमा चितुवाको हमलामा युवक घाइते
बानरहाटमा चितुवाको हमलामा युवक घाइते


जलपाईगुड़ी, 22 मार्च (हि. स.)। जिल्लाको बानरहाट क्षेत्रमा चितुवाको हमलामा परी एकजना युवक गम्भीर रूपमा घाइते भए। घटना कारबाला टी गार्डनको डिभीजन लाइनमा गए शनिवार राति भएको हो। घाइते युवकको पहिचान छोटु उराउँको रूपमा भएको छ।

स्थानीय सूत्र अनुसार छोटुले चिया बगानको 14-एफ सेक्शनमा गाईवस्तु चराइरहेका थिए। अचानक झाड़ीमा लुकेर बसेको चितुवाले तिनीमाथि हमला गऱ्यो। चितुवाले युवकको शिर र गर्दनमा हमला गरेको छ। उ चिच्याएको सुनेर वरपरका मानिसहरू घटनास्थलमा पुगे अनि तुरून्त तिनलाई बगानको अस्पतालमा लगियो। प्राथमिक उपचारपछि उन्नत उपचारको निम्ति छोटुलाई माल बजार सुपर स्पेशियलिटी अस्पतालमा रेफर गरियो।

सूचना पाएर वन विभागको बिन्नागुड़ी वन्यजीव शाखाको टीम घटनास्थलमा पुग्यो।

वन विभागले बतायो, सरकारी नियम अनुरूप घाइतेको सम्पूर्ण उपचार खर्च विभागले वहन गर्नेछ।

घटनापछि कारबाला चिया बगान तथा यस वरपरका क्षेत्रहरूमा भय व्याप्त भएको छ। मानिसहरूलाई सतर्क रहने अनि जंगल किनार नजाने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande