ममता ब्यानर्जीको चालसा दौड़ाह, 24 मार्चमा सेन्ट लुसी चर्चमा हुनेछ महत्वपूर्ण बैठक
ममता ब्यानर्जीको चालसा दौड़ाह, 24 मार्चमा सेन्ट लुसी चर्चमा हुनेछ महत्वपूर्ण बैठक


जलपाईगुड़ी, 22 मार्च (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 24 मार्चको दिन माटियाली ब्लकको मंगलबाड़ी बस्तीस्थित सेन्ट लुसी क्याथोलिक चर्चमा आइरहेकी छन्। यहाँ उनले बिशप तथा चर्च कमिटीका सदस्यहरूसित एक महत्वपूर्ण बैठक गर्नेछन्। मुख्यमन्त्रीको यस दौड़ाहलाई लिएर तीव्र गतिमा तयारी भइरहेको छ।

आइतवार नागराकाटा विधानसभाबाट तृणमूल कंग्रेसका उम्मेद्वार सञ्जय कुजूरले चर्चमा पुगेर व्यवस्थाहरूको जायजा लिए। उनले चर्च कमिटीका सदस्यहरूसित बातचित गरी तयारीको जानकारी लिए अनि आवश्यक दिशानिर्देश पनि दिए।

सूत्र अनुसार प्रशासनका वरिष्ठ अधिकारीहरूले पनि चर्च परिसरको निरीक्षण गरी सुरक्षा व्यवस्थाको मूल्यांकन गर्नेछन्। मुख्यमन्त्रीको दौड़ाहलाई लिएर सम्पूर्ण क्षेत्रमा उत्साहको माहोल छ। तयारी अन्तिम चरममा पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande