जमीन विवादमा महिलाको कुटेरै हत्या गरेको आरोप, क्षेत्रमा तनाउ व्याप्त
जमीन विवादमा महिलाको कुटेरै हत्या गरेको आरोप, क्षेत्रमा तनाउ व्याप्त


मुर्शिदाबाद, 22 मार्च (हि.स.)। जिल्लाको डोमकल क्षेत्रमा जमीन विवादलाई लिएर एकजना महिलाको कथित रूपमा कुटेरै हत्या गरिएको मामिला सामु आएको छ। मृत महिलाको पहिचान पारविना खातूनको रूपमा भएको छ जो जलंगीको फरिदपुर निवासी थिइन् भने डोमकल निवासी होबी मण्डलकी तेस्रो पत्नी थिइन्। भनिन्छ, लगभग दुई वर्षअघि दुवैको विवाह भएको थियो अनि विवाहको शर्तको रूपमा पारविनाको नाममा दुई कट्ठा जमीन लेखिएको थियो।

मृत महिलाको परिवारको आरोप छ, विवाह भएदेखि नै पति र ससुरालीले उक्त जमीनलाई फिर्ता लिनको लागि दबाव बनाइरहेको थियो। जमीन फर्काउन अस्वीकार गर्दा पारविनालाई लगातार प्रताड़ित गरिँदैथ्यो। यसै विवादले गर्दा आइतवार पारविनामाथि निर्दयता पूर्वक कुटपिट गरियो जसले गर्दा उसको मृत्यु भयो।

अर्कोतिर आरोपी होबी मण्डलले दाबी गरेका छन्, उसको मानसिक रूपमा अस्वस्थ छोरा यामिन मण्डलले लौरोले प्रहार गरेको कारणले पारविनाको मृत्यु भएको हो। पुलिसले आरोपीलाी पक्राउ गरेर सम्पूर्ण मामिलाको जाँंच गरिरहेको छ। साथै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande