रिषड़ामा भित्ते लेखनलाई लिएर भाजपा- तृणमूल कार्यकर्ताहरूमाझ झड़प
रिषड़ामा भित्ते लेखनलाई लिएर भाजपा- तृणमूल कार्यकर्ताहरूमाझ झड़प


हुगली, 22 मार्च (हि. स.)। हुगली जिल्लाको रिषड़ामा आइतवार भित्ते लेखनलाई लिएर भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कंग्रेसका कार्यकर्ताहरू माझ भिड़न्त भयो जसबाट क्षेत्रमा केही समयसम्म तनाउपूर्ण परिवेश भयो।

घटना रिषड़ाको 19 नम्बर वार्ड अन्तर्गत ताड़ बगान क्षेत्रमा भएको हो जहाँ एउटा भित्तालाई कब्जा गर्ने विषयमा दुवै पक्ष आपस्तमा भिड़िए।

तृणमूल युवा कंग्रेसका नेता विशाल सिंहले आरोप लगाए, उनहरूको पार्टीले भित्ता मालिकसित अनुमति मागेर भित्तामा सेतो रंग पोतेको थियो जसमा तृणमूल उम्मेद्वार तन्मय घोषको प्रचारको निम्ति भित्तामा लेख्ने तयारी भइरहेको थियो। यसै अवधि भाजपा कार्यकर्ताहरू त्यहाँ पुगेर भित्तामा भाजपा लेख्न थाले।

उनले भने, तृणमूलका वार्ड सचिव हरेन्द्र तिवारी र उनले यसको विरोध गर्दा भाजपा कार्यकर्ताहरूसीत चर्को बहस भयो जुन पछि धक्का-मुक्कामा परिमत भयो। विशाल सिंहको आरोप छ, यस अवधि भाजपा कार्यकर्ता सत्येन्द्र सिंहले उनीमाथि कुटपिट पनि गरे।

तथापि स्थानीय मानिसहरूको मध्यस्थतापछि स्थितिलाई नियन्त्रण गरियो। सूचना पाएर श्रीरामपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिको जायजा लियो। पुलिसले बतायो, मामिलाको जाँच भइरहेको छ। यस सम्बन्धमा भाजपा नेताको पक्ष बुझ्नको लागि उनीसित सम्पर्क गरियो, तर उनले जवाफ दिएनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande