उम्मेदवार परिवर्तन गर्ने मागमा आदिवासी चिया मजदुरहरूको सड़क जाम
उम्मेदवार परिवर्तन गर्ने मागमा आदिवासी चिया मजदुरहरूको सड़क जाम


सिलगढ़ी, 22 मार्च (हि.स.)। सिलगढ़ी महकुमाको फाँसीदेवा विधानसभा क्षेत्रमा तृणमूल कंग्रेसका उम्मेद्वार परिवर्तन गर्ने मागमा आदिवासी चिया मजदुरहरूले व्यापक प्रदर्शन गरे। उत्तेजित प्रदर्शनकारीहरूले आइतवार सिलगढ़ी-कोलकातालाई जोड्ने राष्ट्रिय राजमार्ग-27 लाई जाम गरिदिए जसबाट यातायात प्रभावित भयो।

वास्तवमा तृणमूलले यस सीटबाट रीना टोप्पोलाई उम्मेद्वार बनाएको छ जो वर्तमानमा पञ्चायत समितिकी अध्यक्ष हुन्। तर स्थानीय आदिवासी चिया मजदुरहरूले माग गरेका छन्, उनको सट्टामा महकुमा परिषदकी सह-सभाधिपति रोमा रेशमी एक्कालाई उम्मेद्वार बनाइयोस्।

प्रदर्शन गरिरहेका मजदुरहरूको भनाइ छ, उनीहरू तृणमूललाई समर्थन गर्दछन्, तर उनीहरूको क्षेत्रमा रोमा एक्काले धरातलीय स्तरमा काम गरेकी छन् र मानिसहरूबीच उनको पहिचान स्थापित भइसकेको छ। जबकि रोमा टोप्पोलई यहाँका अधिकांश मानिसहरूले चिन्दैनन्। मजदुरहरूले चेताउनी दिए, यदि चाँड़ै उम्मेद्वार परिवर्तन गरिएन भने दोस्रो विकल्पमाथि विचार गरिनेछ।

यता यस मुद्दामा तृणमूलका फाँसीदेवा विधानसभा को्र्डिनेटर काजल घोषले भने, पार्टीले सोच-विचार गरेर नै उम्मेद्वार चयन गरेको हो। त्यसैले सबै कार्यकर्ताहरूले पार्टीको फसेलालाई सम्मान गर्नुपर्छ। उनले आरोप लगाए, कतिपय मानिसहरूले पार्टीको हितविरूद्ध माहोल बिगार्ने चेष्टा गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande