
मालदा, 22 मार्च (हि.स.)। जिल्लामा एकजना बूथ लेभल अफिसर (बीएलओ) को अचानक मृत्यु भयो। मृतकको पहिचान उत्पल थोकदार (54)- को रूपमा भएको छ जो पेशाले शिक्षक थिए। जानकारी अनुसार तिनी चंचल-2 ब्लकको चन्द्रपाड़ा ग्राम पञ्चायतस्थित नदापाड़ा क्षेत्रको बूथ नम्बर- 93 का बीएलओ थिए।
सूत्र अनुसार गए शनिवार राती उत्पल थोकदारलाई अचानक छात्तीमा पीड़ा भयो, त्यसपछि उनलाई चंचल सुपर स्पेशियलिटी हस्पिटलमा लगियो जहाँ अबेर राति उनको मृत्यु भयो।
मृतककी पत्नी शुभ्रा थोकदारले आरोप लगाइन्, अत्यधिक मानसिक दबाव नै मेरो पतिको मृत्युको कारण भएको छ। उनी परिवारको एकजना मात्र कमाउ सदस्य थिए। उनले सरकारसित आर्थिक सहयोग तथा परिवारका एकजना सदस्यलाई नोकरी दिने माग गरेकी छन्। उनको असायमकि मृत्युले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ। साथै सरकारी कर्मचारीहरूमाथि बढ़्दो कार्भारलाई लिएर नयाँ बहस शुरू भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा