लोकभवनमा बिहार राज्यको स्थापना दिवस पालन गरियो
लोकभवनमा बिहार राज्यको स्थापना दिवस पालन गरियो


गान्तोक, 22 मार्च (हि.स.)। सिक्किम लोकभवनमा आज बिहार राज्य स्थापना दिवस पालन गरिएको छ। यो भारत सरकारद्वारा शुरु गरिएको पहल हो, जसको उद्देश्य देशको एकता र अखण्डतालाई बलियो बनाउन तथा ‘अनेकतामा एकता’ को संस्कृतिलाई उत्सवको रूपमा मनाउनु हो। यही क्रममा आज बिहार राज्य दिवस आयोजन गरियो।

कार्यक्रममा लोकभवनका अधिकारीहरूले राज्यपाल ओम प्रकाश माथुरको तर्फबाट सिक्किममा रहेका बिहारका सबै समुदायलाई हार्दिक शुभकामना व्यक्त गरे।

यस अवसरमा बिहारका समृद्ध संस्कृति तथा गौरवशाली इतिहासमाथि प्रकाश पारियो भने गत कैयौँ दशकमा सिक्किमको अर्थव्यवस्था एवं सामाजिक विकासमा बिहारी समुदायद्वारा गरिएको महत्त्वपूर्ण योगदानको सराहना गरियो।

कार्यक्रममा बिहारका राज्यपाल लेफ्टिनेन्ट जेनरल सैयद अता हसनैन (सेवानिवृत्त) को भिडियो सन्देश प्रदर्शित गरियो। उनले सन्देशमा सबै लोकभवनमा बिहार राज्य स्थापना दिवस आयोजन गरिएकोमा आभार व्यक्त गरे साथै अन्य राज्यमा बसोबास गर्ने बिहारी दाजुभाई तथा दिदीबहिनीको योगदानको प्रशंसा गरे र उनीहरूको महत्त्वमाथि रेखाङ्कित गरे।

आजको कार्यक्रममा सिक्किममा बसोबास गर्ने बिहारका निवासीहरूलाई विशेष रूपमा आमन्त्रित गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande