
मुम्बई, 22 मार्च (हि.स.)। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले आइतवार भने, नासिक दुष्कर्म मामिलामा कुनै आरोपीलाई छोड़िने छैन। यस मामिलाको गहन अनुसन्धान गरिँदैछ।
मुख्यमन्त्री फडणवीसले आज पत्रकारहरूलाई बताए, नासिक दुष्कर्म मामिला अत्यन्त गम्भीर छ। यस मामिलाको जाँच वरिष्ठ स्तरमा भइरहेको छ। यसमा एक एसआईटी गठन गरिएको छ। नासिक पुलिस र एसआईटीले मिलेर जाँच गरिरहेको छ। यस मुद्दामा कुनै पनि स्थितिमा कसैलाई पनि छाड़िने छैन। उनले अझ भने, यदि कसैसित कुनै प्रमाण छ भने अगाड़ि आउनुहोस्। यस मुद्दालाई राजनीतिक रंग पोतिनु हुँदैन। यस मुद्दासित सम्बन्धित प्रमाणहरू सबैभन्दा अधिक मसित छ। त्यसैले यो मामिलालाई हामीले उजागार गरेका हौं।
मुख्यमन्त्रीले भने, ' कुन विपक्षी पार्टी त्यहाँ गएको थियो, त्यो मलाई थाहा छ। मसित खरातको को-कोसित सम्बन्ध छ सबै जानकारी छ। कसैसित कसैको फोटोको जानकारी हुनसक्छ। यसै आधारमा मात्र सम्बन्दित व्यक्तिविरूद्ध एक्शन लिन सकिँदैन। आफ्नो तथाकथित शक्तिको प्रयोग गरी महिलाहरूलाई धोका दिनु सही होइन। उनीहरूले यसको सजाय पाउनैपर्छ। उनले भने, हामी ती महिलाहरूलाई न्याय दिलाउन चाहन्छौं जसको आरोपी अशोक खरातसित सम्बन्ध रहिआएको छ। महिलाहरू लाज र समाजको दबावले गर्दा बाहिर आइरहेका छैनन्। यस मामिलामा पीड़ितलाई उसको परिवारलाई हिम्मत दिएर अगाड़ी ल्याइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा