मुख्यमन्त्रीले देशकै लामो समयसम्म सेवा गर्ने सरकार प्रमुख बनेकोमा प्रधानमन्त्री मोदीलाई दिए हार्दिक बधाई
ps tamang


गान्तोक, 22 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने सरकार प्रमुख बनेकोमा हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा प्रधानमन्त्रीलाई चलिरहेको अमृतकालमा मार्गदर्शक शक्ति बताउॅंदै उनको नेतृत्व १४५ करोड़ भारतीयहरूको विश्वास र आकांक्षाको प्रतिबिम्ब रहेको बताएका छन्। उत्तर-पूर्वी क्षेत्रको विकासमा केन्द्रले निरन्तर ध्यान केन्द्रित गरिरहेकाले यस क्षेत्रको विकास र एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उनले उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा 'राष्ट्र प्रथम' र 'सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास' को मार्गदर्शक सिद्धान्तहरू अन्तर्गत भारतले आफ्नो विश्वव्यापी प्रतिष्ठा बढाउँदै विकासमा नयाँ कोसेढुङ्गाहरू हासिल गरिरहेको बताएका छन्।

उनले प्रधानमन्त्रीलाई राष्ट्रप्रति समर्पित सेवाका धेरै वर्षहरूको शुभकामना दिॅंदै उनको निरन्तर मार्गदर्शन र समर्थनको कामना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande