सिक्किम स्टेट कराटे डो एसोसिएशनको वार्षिक साधारण सभा सम्पन्न
सिक्किम स्टेट कराटे डो एसोसिएशनको वार्षिक साधारण सभा सम्पन्न


गान्तोक, 22 मार्च (हि.स.)। सिक्किम स्टेट कराटे डो एसोसिएशनको वार्षिक साधारण सभा आज पाल्जोर स्टेडियममा सम्पन्न भयो। संघका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा आयोजित सभामा आगामी प्रतिस्पर्धात्मक सिजनको लागि मार्गचित्र तयार गर्नुका साथै सबै जिल्लाहरूमा तृणमूल स्तरमा विस्तारमा जोड दिइएको थियो।

संघका महासचिव विधानवल्लभ सुब्बाले आगामी 24 देखि 26 अप्रेलसम्म आयोजना 22औं स्टेट कराटे च्याम्पियनशिपबारे जानकारी गराए। राजधानीको पाल्जोर स्टेडियममा हुने यस प्रतियोगितामा 600 भन्दा धेरै खेलाडीहरू सहभागी बन्नेछन्। यसरी नै उनले अक्टोबर 2026 मा दोस्रो सिक्किम खुल्ला अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गरिने जानकारी गराए। यस प्रतियोगितामा जापान, नेपाल, भुटान, श्रीलंका, बांग्लादेश र भारतका 700 भन्दा धेरै खेलाडी सहभागी बन्नेछन्।

संघले आगामी वर्षहरूमा राज्यका लागि थप पदकहरू ल्याउन कडा परिश्रम गर्ने दृढ संकल्प व्यक्त गरेको छ। सभामा 2025-26 का उपलाब्धिहरूमाथि पनि प्रकाश पारिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande