आसनसोलदेखि सहरसा-फरबिसगञ्जको लागि डाइरेक्ट ट्रेनको माग तीव्र
आसनसोलदेखि सहरसा-फरबिसगञ्जको लागि डाइरेक्ट ट्रेनको माग तीव्र


आसनसोल, 23 मार्च (हि.स.)। आसनसोलको कोइलाञ्चल एवं शिल्पाञ्चल क्षेत्रमा बसोबास गर्ने बिहार मूलका लाखौं मानिसहरूले फेरि एकपटक आसनसोलदेखि सहरसा-फरबिसगञ्जको लागि सोझै ट्रेन सेवा शुरू गर्ने माग गरेका छन्।

गए आइतवार साँझ आसनसोल च्याम्बर अफ कमर्सका सचिव शम्भु नाथ झाले उक्त विषयमा सांसदलाई पत्र सुम्पिए। झाको भनाइ छ, आसनसोल, रानीगञ्ज, कुल्टी औ वरपरका औद्योगिक क्षेत्रहरूमा बिहारका सहरसा, सुपौल तथा फरबिसगञ्ज क्षेत्रबाट आएका लाखौं मानिसहरूले वर्षौंदेखिको बसोबास गर्दै आइरहेका छन्। तथापि अहिलेसम्म यस क्षेत्रको निम्ति सोझै पुग्ने ट्रेन सेवा उपलब्ध छैन जसबाट यात्रीहरूलाई विभिन्न समस्याहरूको सामना गर्नुपर्छ।

रेल मन्त्रालयद्वारा दरभंगाको लागि केही ट्रेनहरू संचालन गरिँदैछ, तर सहरसालाई यस सुविधादेखि वञ्चित राखिएको छ। यात्रीहरूलाई सहरसा वा फरबिसगञ्ज जानको लागि धेरै वटा ट्रेनहरू परिवर्तन गर्नुपर्छ जसबाट समय र धन दुवै बर्बाद हुन्छ।

स्थानीय व्यापारीहरूले बताए, सहरसा क्षेत्रमा अहिलेघरि मखाना उत्पादन राम्रो भइरहेको जसतो देशभरि नै माग छ। तर सोझो रेल सेवा नभएको कारण आसनसोलका व्यापारीहरू यस लाभकारी व्यापारसित जोड़िन सकेका छैनन्। यदि सोझो ट्रेन सेवा शुरू भए यसबाट व्यापारले नयाँ गति पाउनेछ अनि दुवै क्षेत्रबीच आर्थिक गतिविधि बढ़्नेछ।

मानिसहरूको मुख्य माग छ, आसनसोलदेखि फरबिसगञ्जको लागि नयाँ ट्रेनलाई संचालनमा ल्याइयोस् दुन बरौनी र सहरसा हुँदै गुज्रियोस्। जसबाट यात्रीहरूसँगसँगै व्यापारीहरू पनि लाभान्वित हुनेछन्।

स्थानीय नागरिकहरूले सांसदसित अपील गरेका छन्, उनीहरूले यस मुद्दालाई गम्भीर रूपमा लिएर रेल मन्त्रालय समक्ष राखुन् अनि यस दिशामा चाँड़ोभन्दा चाँड़ो ठोस पहल गरियोस् ताकि क्षेत्रको दीर्घकालीक समस्याको समाधान हुन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande