शहीद-ए-आजम भगत सिंह, राजगुरु औ सुखदेवको बलिदान दिवसमा रिषड़ामा विचार गोष्ठी आयोजित
शहीद-ए-आजम भगत सिंह, राजगुरु औ सुखदेवको बलिदान दिवसमा रिषड़ामा विचार गोष्ठी आयोजित


हुगली, 23 मार्च (हि.स.)। शहीद-ए-आजम भगत सिंह, राजगुरु औ सुखदेवको बलिदान दिवसको अवसरमा हुगली जिल्लाको रिषड़ास्थित वेलिंग्टन जूट मिल मैदानमा सोमवार एक विचार गोष्ठी आयोजना गरियो।

कार्यक्रमको आयोजन रिषड़ा बोधिसत्व डा. बीआर अम्बेडकर जागृति समितिद्वारा गरिएको थियो जसमा ठूलो संख्यामा स्थानीय मानिसहरू अनि युवाहरूको उपस्थिति रहेको थियो। यस अवसरमा युवा नेता शुभम कुमार हेला, विनोद कुमार राम, अभय दास, बिट्टू, गुड्डू औ अनिकेत सहित केही मानिसहरूले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरी उनीहरूको विचारलाई स्मरण गरे।

वक्ताहरूले भने, भगत सिंह, राजगुरु र सुखदेवको बलिदान देशका युवाहरूको लागि प्रेरणाको श्रोत हो र उनीहरूको आदर्शलाई अप्नाएर समाजमा न्याय तथा समानता स्थापित गर्न सकिन्छ। कार्यक्रममा देशभक्तिसित सम्बन्धित विचार तथा शहीदहरूको योगदानमाथि विस्तार पूर्वक चर्चा गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande