नाबालिकको सदिग्ध परिस्थितिमा मृत्युले क्षेत्रमा तनाउ
नाबालिकको सदिग्ध परिस्थितिमा मृत्युले क्षेत्रमा तनाउ


सिलगढ़ी, 23 मार्च (हि.स.)। सिलगढ़ीमा एक जना नाबालिक युवतीको संदिग्ध परिस्थितिमा मृत्यु भएको घटनाले कोकोहोलो मचाएको छ। यो घटना वार्ड नम्बर-3स्थि दुर्गानगर गुरूङ बस्ती क्षेत्रमा भएको हो।

स्थानीय सूत्र अनुसार नाबालिक एक जना विवाहित पुरूषसित लामो समयदेखिकै प्रेम सम्बन्धमा थिई। युवक पेशाले शिक्षक हो भने त्यहीँ नै नाबालिकलाई पढ़ाउँथ्यो। भनिन्छ, हालैमा नाबालिकले युवकसित विवाह गर्ने प्रस्ताव राखेकी थिई जसबाट दुवैमा विवाद भएको थियो।

सोमवार बिहान परिवारका मानिसहरूले नाबालिकलाई घरमा गलफन्दामा झुण्डिरहेको पाए। उसलाई तुरून्त अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।

घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ। आक्रोशित स्थानीय मानिसहरूले आरोपी युवकको घरमा हमला गरी तोड़फोड़ गरिदिए। सूचना पाउनसाथ प्रधाननगर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गर्नको लागि केन्द्रिय बललाई पनि तैनाथ गरियो।

घटनापछि आरोपी र उसको परिवार भागेको बताइएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande