भाजपा प्रार्थी सोनाम लामाको घुम्ती चियाबारीमा चुनाउ प्रचार साथै कार्यकर्ताहरुसित भेटघाट
भाजपा प्रार्थी सोनाम लामा


खरसाङ, 23 मार्च (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेदवार सोनाम लामाले आज खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको 265 र 266 नम्बर बुथ घुम्ती चिया कमानमा चुनाउ प्रचारका साथै पार्टी कार्यकर्ताहरुसित भेटघाट गरेका छन्। यसावधि उनले स्थानीय सिंहदेवी मन्दिरमा पुगेर 9 दिवसीय पूजामा सहभागी भई दर्शन तथा आशिर्वाद ग्रहण गरे।

उक्त कार्यक्रममा भाजपा बुथ अध्यक्षहरू शेखर छेत्री र अदीप प्रधान, नारी शक्ति प्रमुख कविता छेत्रीको विशेष उपस्थिति रहेको थियो। भाजपा प्रार्थी सोनाम लामासित घुम्ती कमानमा पार्टीका कार्यकर्ताहरुले भेटघाट गरे। उनको घुम्ती कमान भ्रमण अवधि भाजपा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको जानकारी प्राप्त भएको छ।

भाजपा प्रार्थी सोनाम लामाको यस भ्रमणले घुम्ती चिया कमान क्षेत्रका जनतासँग अझ सशक्त सम्बन्ध स्थापित गर्दै आगामी चुनाउमा विजयको विश्वास थप बलियो बनाएको बताइएको छ।भाजपा प्रार्थी सोनाम लामाको आजको चुनाउ प्रचार अभियान गिद्ध पहाड़स्थित श्री सेतीदेवी मन्दिरमा माता देवीको दर्शन तथा पूजाआर्चना गरी आशीर्वाद ग्रहण गर्दै शुभारम्भ गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande