गान्तोक नगर निगमका लागि एसकेएमले गऱ्यो उम्मेदवारहरूको नाम घोषणा
गान्तोक नगर निगमका लागि एसकेएमले गऱ्यो उम्मेदवारहरूको नाम घोषणा


गान्तोक, 23 मार्च (हि.स.)। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आगामी आम नगरपालिका चुनाउका लागि आफ्ना उम्मेदवारहरूको नाम घोषणा गरेको छ। नगरपालिका चुनाउ घोषणा भएसॅंगै एसकेएमले राज्यका सबै 9 शहरी स्थानीय निकायका लागि उम्मेदवारहरूको घोषणा गरेको छ।

गान्तोक नगर निगमको बोझोघारी 2 माइल वार्डका लागि एसकेएमले ओङ्गदेन भोटिया, अप्पर बुर्तुक वार्डका लागि निल बहादुर छेत्री, लोवर बुर्तुक वार्डका लागि टाशी छोपेल भोटिया, लोवर सिच्छ 1 वार्डका लागि जसु जैरू, लोवर सिच्छे 2 लिङडङ वार्डका लागि पुष्पा राई, अप्पर सिच्छे वार्डका लागि अरुणा छेत्री, चानमारी वार्डका लागि छुङ्किला भोटिया, ताथाङचेन वार्डका लागि लासे डोमा भोटिया, डेभलपमेन्ट एरिया वार्डका लागि छिरिङ पाल्देन भोटिया र डीपीएच वार्डका लागि अभिषेक शर्मालाई उम्मेदवार बनाएको छ।

यसरी नै आरिथाङ 1 वार्डका लागि कर्म टेम्पो राप्ग्याल भोटिया, आरिथाङ 2 वार्डका लागि सारा लामा, लोवर एमजी मार्ग लाल बजार वार्डका लागि पंकज प्रसाद, अप्पर एमजी मार्ग वार्डका लागि सन्दिप मालु, टिबेट रोड वार्डका लागि हिस्से डोमा भोटिया, देवराली अप्पर सियारी वार्डका लागि निर्मला छेत्री, पानी हाउस वार्डका लागि नर्बु तामाङ, डॉंडागॉंउ लुम्से वार्डका लागि मिलन गौतम, तादोङ वार्डका लागि सोनाम पिन्चो भोटिया, लोवर तादोङ 6 माइल वार्डका लागि भावना राई र रानीपुल वार्डका लागि शकुन्तला प्रधानलाई उम्मेदवार बनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande