
पश्चिम मेदिनीपुर, 24 मार्च (हि.स.)। जिल्लाको नारायणगढ़ विधानसभा क्षेत्रमा चुनावी माहोल तातिएको छ। तृणमूल कंग्रेसकी उम्मेद्वार प्रतिभा रानी माइतीले मंगलवार बेलदास्थित काली मन्दिरमा पूजा-अर्चना गरी चुनाउ प्रचार अभियानको औपचारिक शुरुआत गरिन्। बिहान मन्दिरमा पुगेर उनले माँ कालीको आराधना गरिन् अनि चुनाउमा सफलताको लागि आशीर्वाद मागिन्। त्यसपछि पार्टी कार्यकर्ता अनि समर्थकहरूलाई साथमा लिएर जनसम्पर्क अभियानमा हिँड़िन्। यस अवधि उनले स्थानीय मानिसहरूसित भेट गरी उनीहरूको समस्या सुनिन् अनि समर्थन गर्ने अपील गरिन्।
राजनीतिक दृष्टिकोणले माइतीको यो कदमलाई परम्परागत आस्थासँगसँगै मतदाताहरूको भावनात्मक जुड़ाउलाई मजबुत बनाउने रणनीति मानिँदैछ।
प्रतिभा रानी माइतीले भनिन्, म माँ कालीको आशीर्वाद अनि जनताको समर्थन लिएर चुनाउ प्रचारमा उत्रिएकी छु।। मेरो लक्ष्य मानिसहरूको माझमा बसेर सेवा गर्नु हो।
स्मरण गराइन्छ, राज्यमा चुनावी माहोलबीच सबै राजनीतिक दलहरू आ-आफ्नो ढंगमा मतदाताहरूलाई रिजाउन लागिपरेका छन्। धार्मिक स्थलहरूबाट प्रचारको शुरूआत पनि यसै रणनीतिको अंग भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा