हावड़ा-तारकेश्वर लाइनमा प्यान्टोग्राफ बिग्रिएको कारणले तीन घण्टासम्म रेल सेवा बाधित
हावड़ा-तारकेश्वर लाइनमा प्यान्टोग्राफ बिग्रिएको कारणले तीन घण्टासम्म रेल सेवा बाधित


हुगली, 25 मार्च (हि.स.)। हावड़ा-तारकेश्वर रेल लाइनमा बुधवार सबेरै ट्रेन सेवा बाधित भयो जसबाट यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नु पऱ्यो।

रेल सूत्र अनुसार सिंगुरको छेउमा गेट नम्बर- 13 निकट डाउन लाइनको एउटा ट्रेनको प्यान्टोग्राफ बिग्रिएको कारणले ट्रेन संचालन प्रभावित भयो।यस तकनिकी समस्याले गर्दा लगभग तीन घण्टासम्म रेल यातायात बाधित रह्यो भने विभिन्न स्टेशनहरूमा धेरैवटा ट्रेनहरूलाई त्यतिकै बस्नु पऱ्यो।

ट्रेन सेवा ठप्प हुनाले स्कूल-कलेजका विद्यार्थी एवं कार्यालय जाने यात्रीहरूलाई धेरै असुविधा भयो। एकजना यात्रीले बताए, कोन्नगर जानको लागि तिनी पछिल्लो एक घण्टादेखिको स्टेशनमा प्रतिक्षा गरिरहेका छन्, तर ट्रेन आएकै छैन। यसरी नै अर्का यात्रीले भने, बिहान 5:10 बजेदेखि नै तिनी स्टेशनमा बसिरहेका छन्, तर अहिलेसम्म ट्रेन आएको छैन जसले गर्दा तिनलाई ब्याण्डेल जान समस्या भइरहेको छ।

सूचना पाउनसाथ रेलवेका अधिकारीहरू घटनास्थलमा पुगे अनि मरम्मत कार्य शुरू गरे। पूर्व रेलवेक मुख्य जनसम्पर्क अधिकारी शिवराम माझीले बताए, सिंगुुरको छेउमा बिग्रिएको प्यान्टोग्राफको मरम्मत गरियो अब डाउन लाइनमा ट्रेन सेवा पुनः शुरू भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande