लेस्ली क्लाडियसको जयन्तीमा ममता ब्यनर्जीले दिइन् श्रद्धाञ्जली
लेस्ली क्लाडियसको जयन्तीमा ममता ब्यनर्जीले दिइन् श्रद्धाञ्जली


कोलकाता, 25 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बुधवार महान हकी खेलाड़ी लेस्ली क्लाडियसको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्।

मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा आफ्नो सन्देशमा लेखिन्, उनले बंगाालका गौरव तथा दिग्गज हकी खेलाड़ी लेस्ली क्लाडियसलाई उनको जयन्तीमा स्मरण गरिरहेकी छन्।

उनले भनिन्, क्लाडियसले आफ्नो बेजोड़ खेल तथा उपलब्धिहरूबाट राज्य अनि देशको सुनाम फैलाए। उनी भावी पिँढ़ीको लागि सदैव प्रेरणको श्रोत बन्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande