आदिवासी युवकको रगताम्मे शव भेटियो, हत्या भएको आशंका
आदिवासी युवकको रगताम्मे शव भेटियो, हत्या भएको आशंका


आसनसोल, 24 मार्च (हि.स.)। आसनसोल नर्थ थाना अन्तर्गत कन्यापुर पुलिस फाँडी क्षेत्रको राय मैदानमा मंगलवार बिहान एकजना आदिवासी युवकको रगताम्मे शव फेला पऱ्यो। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। मृतकको पहिचान पंचगछिया कपटिया निवासी विष्णु हेम्ब्रमको रूपमा गरिएको छ।

मृतकको परिवारजन अनुसार विष्णु हेम्ब्रम पेशाले राजमिस्त्री थिए र उसको कसैसित शत्रुता थिएन। गए सोमवार साँझ तिनी कामको सिलसिलामा घरबाट गएका थिए र चाँड़ै फर्किने बताएका थिए। तर तिनी घर फर्किएनन्। मंगलवार बिहान परिवारले तिनको मृत्यु भएको खबर पायो।

घटनाको सूचना पाउनसाथ परिवार घटनास्थलमा पुग्दा त्यहाँको माहोल गम्भीर भएको थियो। परिवारको रोेएर बेहाल भएको छ। उनीहरूले दोषीहरूलाई चाँड़ै पक्राउ गरी कड़ा सजाय दिने माग गरेका छन्।

घटनाको सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो। पुलिस उपायुक्त (सेन्ट्रल) ध्रुव दासले पनि घटनास्थलमा पुगेर स्थितिको जायजा लिए। पुलिसले सबै पाटोहरूलाई ध्यानमा राखेर जाँच गरिरहेको छ। वरपरका मानिसहरूसित जाँचबुझ गरिरहेको छ।

शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि आसनसोल जिल्ला अस्पतालमा पठाइएको छ।

घटनाको खबर फैलिनसाथ ठूलो संख्यामा स्थानीय मानिसहरू विशेष गरी आदिवासी समुदायका मानिसहरू घटनास्थलमा जुटे। घटनास्थलमा रक्सीको एउटा बोतल र केही गिलासहरू पनि भेटिएको छ जसबाट आशंका व्यक्त गरिंदैछ कि युवक एक्लै थिएनन्। सम्भवतः रक्सी पिउँदा-पिउँदै कुनै कुरालाई लिएर विवाद भयो जसले हिंसक रूप लियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande