आलुको फसल खराब भएको कारणले किसानले गरे आत्महत्या
आलुको फसल खराब भएको कारणले किसानले गरे आत्महत्या


मालदा, 24 मार्च (हि.स.)। जिल्लामा मंगलवार एकजना आलु किसानले आत्महत्या गरेको मामला सामु आएको छ। आरोप छ, फसललाई भएको व्यापक नोक्सान र ऋणको दबावबाट चिन्तित भएर किसानले कीटनाशक सेवन गरी आफ्नो जीवनलीला नै समाप्त गरे।

प्राप्त जानकारी अनुसार लगभग 60 वर्षीय किसानको लगभग पाँच बिघा जमीनमा रोपिएको आलु अहिलेघरि पानी परिरहेको कारणले पूर्ण रूपमा बर्बाद भएको थियो। यसले गर्दा उनी गहिरो आर्थिक संकटमा परेका थिए। त्यैमाथि व्यापारीको ऋण चुकाउने दबाव लगातार बढ़िरहेको थियो जसबाट किसान मानसिक रूपमा तनाउग्रस्त भएका थिए।

परिवारजनको आरोप छ, अवसाद र आर्थिक संकटको कारणले उनले यस्तो कदम उठाएका हुन्। घटनापछि परिवारमा शोक व्याप्त भएको छ भने अर्कोतिर स्थानीय स्तरमा पनि यसलाई लिएर चिन्ता फैैलिएको छ।

घटनाको सूचना पाएर पुलिसले घटनास्थलमा पुगी शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। मामिलाको जाँच शुरू गरिएको छ।

यस घटनाले फेरि एकपटक किसानहरूको सोचनीय स्थितिलाई उजागार गरिदिएको छ। फसल नोक्सान, बजारमा उचित मूल्यको अभाव तथा ऋणको बोझ जस्ता ससमयाहरूले लगातार किसानहरूमाथि चाप दिँदै आइरहेका छन्।

राजनीतिक जगतमा पनि यस मुद्दालाई लिएर बयानबाजी शुरू भएको छ जहाँ विपक्षले सरकारमाथि किसानहरूलाई अदेखा गरेको आरोप लगाएको छ भने अर्कोतिर सत्ता पक्षले जाँचपछि आवश्यक कदम उठाउने बताएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande