निर्माणाधिन घरमा बम भेटियो, तीनजना समातिए
निर्माणाधिन घरमा बम भेटियो, तीनजना समातिए


बीरभूम, 24 मार्च (हि.स.)। जिल्लाको रामपुरहाट ब्लक-1 कार्यालय निकट एक निर्माणाधिन घरबाट मंगलवार पुलिसले बम उद्धार गऱ्यो। यस मामिलामा तीनजना मानिसहरूलाई पक्राउ गरिएको छ।

पुलिस सूत्र अनुसार पक्रा पर्ने आरोपीहरूको पहिचान राज शेख, रनी शेख र अरमान शेखको रूपमा भएको छ भने तीनै रामपुरहाटको खालासिपाड़ा निवासी रहेको बताइएको छ।

जिल्ला पुलिसका एकजना अधिकारीले बताए, चुनाउ आयोगको निर्देशमा विभिन्न स्थानहरूमा अभियान संचालन गरिंदैछ। गुप्त सूचनाको आधारमा पुलिसले छापा मारेर बम बनाउँदै गरेका तीनजना मानिसहरूलाई पक्राउ गऱ्यो। घटनास्थलबाट पुलिसले पाँच वटा बम र बम बनाउँदा प्रयोग गरिने लगभग चार किलोग्राम विस्फोटक पनि जफत गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande