हावड़ामा अवैध सट्टा कारबारको भण्डाफोर, दुई पक्राउ
हावड़ामा अवैध सट्टा कारबारको भण्डाफोर, दुई पक्राउ


हावड़ा, 24 मार्च (हि. स.)। हावड़ा पुलिस आयुक्तालयको गुप्तचर विभागीय एआरएस नर्थ टीमले छापा मारेर अवैध सट्टा व्यापारको भण्डाफोर गरेको छ।

मंगलवार पुलिसले बतायो, पुलिस टीमले आनन्द नगरस्थित एक आवासमा छापा मारेर आनन्द पाल (52) र मानस पाल (33)-लाई सट्टा लेख्दै गरेको अवस्थमा पक्राउ गऱ्यो। जाँच गर्ने क्रममा आरोपीको कब्जाबाट 12 हजार 2 सय रुपियाँ नगद, केही सट्टा प्याड, एउटा क्यालकुलेटर र केही रेजिस्टर जफत गरियो।

प्रारम्भिक जाँचबुझमा आरोपीद्वयले स्वीकार गरे, उनीहरू पछिल्लो लामो समयदेखिकै सट्टाको कारबारमा संलिप्त रहिआएका छन्। उनीहरूले खुलासा गरे, अभिजीत पाल उपनाम “छोट्टु” यस अवैध गतिविधिको मुख्य संचालक हो जसले यिनीहरूको माध्यमबाट सम्पूर्ण नेटवर्कलाई संचालन गर्दै आइरहेको छ।

यस सम्बन्धमा निशिंदा थानामा आरोपीहरूविरुद्ध भारतीय न्याय संहिताको धारा 112(2) तथा पश्चिम बंगाल जुवा एवं पुरस्कार प्रतियोगिता अधिनियमको धारा 3/4 अन्तर्गत विधिसम्मत कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande