
आसनसोल, 25 मार्च (हि. स.)। आसनसोल दुर्गापुर पुलिस कमीशनरेट अन्तर्गत बुदबुद थाना क्षेत्रमा गए मंगलवार राती नाका चेकिंग अवधि पुलिसलाई ठूलो सफलता हात लाग्यो। यस अवधि एउटा संदिग्ध कारबाट प्रचुर मात्रामा नगद जफत गरियो। घटनास्थलमै उक्त नगदको गन्ती गरियो। पुलिस सूत्रानुसार लगभग 10 लाख रुपियाँ जफत गरिएको छ। वाहन सवार आरोपीहरूलाई हिरासतमा लिएर जाँचबुझ गरिँदैछ।
भनिन्छ, यस कारबाहीमा बुदबुद थानाको पुलिससित केन्द्रिय सुरक्षा बल (सीएपीएफ)-का जवानहरू पनि घटनास्थलमा तैनाथ थिए।
उल्लेखनीय छ, आगामी विधानसभा चुनाउलाई लिएर आचार संहिता लागू गरिएको छ जसलाई मध्यनजर गर्दै पुलिसले लगातार गहन जाँच अभियान संचालन गरिरहेको छ।
पुलिसलो यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि जफत गरिएको नगदको श्रोत के हो र यसलाई कहाँ लगिँदैथ्यो। पुलिसले स्पष्ट पारेको छ, आगामी दिनमा पनि यस किसिमको कारबाही निरन्तर जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा