बेलदामा बसन्त उत्सव मेला आरम्भ
बेलदामा बसन्त उत्सव मेला आरम्भ


पश्चिम मेदिनीपुर, 25 मार्च (हि.स.)। जिल्लाको बेलदास्थित सर्वमंगला राइस मिल मैदानमा गए मंगलवार राती एक भव्य कार्यक्रमको साथमा पारम्परिक बसन्त उत्सव एवं मेला शुभारम्भ भयो। बसन्ती पूजाको अवसरमा आयोजित यो मेला यस वर्ष आफ्नो 21औं ंसंस्करममा प्रवेश गरेको छ। मेला उद्घाटन हुनसाथ स्थानीय मानिसहरूको यहाँ भीड़ उर्लिन थालेको छ। यो उत्सव आगामी 2 अप्रेलसम्म अर्थात दश दिनसम्म चल्नेछ।

मेला अवधि प्रतिदिन साँझ विभिन्न सांस्कृतिक कार्यक्रमहरूसँगसँगै खेलकूद एवं रचनात्मक प्रतियोगिताहरू आयोजना गरिनेछ। आयोजक समितिले बतयो, यो उत्सव मनोरञ्जनसम्म मात्र सीमित छैन, यसले एउटा व्यापाक सामाजिक महत्व पनि बोकेको छ।

मेला समितिका अध्यक्ष अखिलबन्धु महापात्र तथा संयुक्त सचिवद्वय अरूप कामिल्य और अरुण सावले भने, वर्तमान समयमा बढ़्दो उग्रता तथा नाकारत्मक प्रवृत्तिहरूबीच समाजलाई शान्ति अ्नि सौहार्दको सन्देश दिनु नै यस आयोजनको मुख्य उद्देश्य हो। उनीहरूले भने, उत्सवको माध्यमबाट मानिसहरू आपसी भाइचाराको माहोलमा सामेल हुन सकुन्, यसै दिशामा प्रयास गरिँदैछ।

21 वर्षको यात्रा तय गरिसकेको बेलदा बसन्त उत्सव अब क्षेत्रवासीको निम्ति एक प्रमुख सामाजिक एवं सांस्कृतिक मिलन उत्सव बनिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande