मन्त्री अशोक सिंघलको नामांकन पत्रमाथि अन्तिम निर्णय आज बिहान 11 बजेसम्म स्थगित
मन्त्री अशोक सिंघलको नामांकन पत्रमाथि अन्तिम निर्णय आज बिहान 11 बजेसम्म स्थगित


गुवाहाटी, 25 मार्च (हि.स.)। असमको ढेकियाजुली विधानसभा क्षेत्रबाट भाजपा उम्मेद्वार स्वास्थ्य मन्त्री अशोक सिंघलको नामांकन पत्रको जाँचमाथि अन्तिम निर्णय बुधवार बिहान 11 बजेसम्मको लागि स्थगित गरिएको छ। निर्वाचन अधिकारीहरू अनुसार सिंघलको नामांकनको विस्तृत जाँच जारी छ र अग्रिम समीक्षापछि नै अन्तिम फसेला लिइनेछ। यसरी नै बरपेटा विधानसभा क्षेत्रका नामांकन पत्रहरूको जाँच पनि 11 बजेसम्मको लागि स्थगित गरिएको छ। गए मंगलवार राज्यका 126 वटा विधानसभा सीटमध्ये 124 वटा सीटका नामांकन पत्रहरूको जाँच पूरा गरियो भने बरपेटा र ढेकियाजुलीमा यो प्रक्रियालाई अग्रिम समीक्षा सम्मको लागि स्थगित गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande