
नयाँ दिल्ली, 25 मार्च (हि.स.)। मध्य जिल्लाको करोल बाग क्षेत्रमा गए मंगलवार राती जयपुरदेखि दिल्ली आइरहेको एउटा स्लीपर टूरिस्ट बस अचानक पल्टिएर दुर्घटनाग्रस्त भयो। यस घटनामा 23 जना यात्रीहरू घाइते भए पनि 02 जनाको उपचारको क्रममा मृत्यु भयो। पुलिसको तत्काल कारबाही तथा स्थानीय मानिसहरूको सहयोगले धेरैजना यात्रीहरूको ज्यान बच्न सक्यो।
पुलिस अनुसार अबेर राती लगभग 1:05 बजे पीसीआर कलको माध्यमबाट सूचना प्राप्त भयो कि चेम्बरीस्थित हनुमान मन्दिरको छेउमा एउटा पल्टिएको छ जसमा धेरैजना यात्रीहरू फसेका छन्। सूचना पाउनसाथ करोब बाग थानाका एसएचओको नेतृत्वमा पुलिस दल घटनास्थलमा पुग्यो। त्यसबेला बसमाभित्र फसेका यात्रीहरूले गुहार मागिरहेका थिए।
बस (नम्बर आरजे-14PE-5065) जयपुरदेखि फतेहपुरी, सदर बजार तर्फ आइरहेको थियो जसमा लगभग 30 जना यात्रीहरू सवार थिए। घटनास्थलमा पुगेका कन्स्टेबल रोहितले बुद्धिमता देखाउँदै त्यहाँबाट गुज्रिरहेको जेसीबी मसिनलाई रोके। पुलिस तथा स्थानीय मानिसहरूको सहयोगले बसलाई केही माथि उचालेर तल फसेका यात्रीहरूलाई बाहिर निकालियो। बसलाई सुरक्षित राख्नको लागि सड़क किनारमा रहेको भारी सीमेन्टको ब्लकको सहारा लिइयो।
रेस्क्यू अपरेशन अवधि लगभग दशजना गम्भीर घाइतेहरूलाई तुरून्तै सर गंगराम अस्पतालमा पठाइयो। त्यसपछि अन्य पुलिस अधिकारीहरूले घटनास्थलमा पुगेर बचाउ कार्यलाई तीव्रता दिेए। सबै घाइतेहरूलाई भिन्न-भिन्न अस्पतालहरूमा भर्ती गरियो जसमध्ये 12 जनालाई आरएमएल अस्पताल, 10 जनालाई गंगा राम अस्पताल औ एकजना लेडी हार्डिंग मेडिकल कलेजमा भर्ती गरियो। आरएमएल अस्पतालमा उपाचाराधिन दुईजना पुरूषहरूको मृत्यु भयो जसमध्ये एकजनाको पहिचान बिजनौर निवासी शहबाज आलम (30)- को रूपमा भएको छ भने दोस्रो मृतकको पहिचान अहिलेसम्म हुन सकेको छैन।
बस चालक पंकज कुमार (26) जो अलवर (राजस्थान)- का निवासी हुन यस घटनामा घाइते भएका छन जसलाई अस्पतालमा भर्ती गरिएको छ। पुलिसले उसलाई हिरासतमा लिएर मामिलाको जाँच शुरू गरेको छ। पुलिस अधिकारीहरू मुताविक समयमै गरिएको कारबाही तथा टीमवर्कले गर्दा ठूलो नोक्सान हुनदेखि बच्यो, धेरैजना मानिसहरूको ज्यान बचाउन सकियो। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा