
नगाउँ (असम), 25 मार्च (हि.स.)। नगाउँ जिल्ला कंग्रेसमा राजीनामा दिनेहरूको घुइँचो लागेको छ जसबाट पार्टीको संगठनात्मक ढाँचा कमजोर हुने आशंका व्यक्त गरिँदैछ।आन्तरिक असन्तोष र नेतृत्वलाई लिएर मतभेदहरू भइरहेको अवस्थामा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरूले आफूलाई पार्टीबाट किनाराकृत गरेका छन्।
युवा कंग्रेसका उपाध्यक्ष पल्लवज्योति नाथको नेतृत्वमा सयभन्दा अधिक नेता-कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिए। राजीनामा दिने नेताहरूले स्पष्ट रूपमा भने, उनीहरू रकिबुल हुसैनको निर्देश तथा कार्यशाली अनुरूप काम गर्न असक्षम छन्।
सूत्र अनुसार यस सामूहिक राजीनामाबाट नगाउँ कंग्रेसको जनाधार कमजोर हुनसक्छ। पार्टीभित्र बढ़्दो असन्तोषलाई ध्यानमा राख्दै आगामी राजनीतिक परिस्थितिमा यसको व्यापक प्रभाव पर्ने सम्भावना व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा