
गुवाहाटी, 25 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले दाबी गरेका छन्, यसपालि जनता कंग्रेसलाई भोट दिने मूडमा छैनन्। राज्यको जनमतमा स्पष्ट परिवर्तन देखिँदैछ।
कृष्णगुरु आश्रममा उपस्थित हुने क्रममा गए राती मीडियासित बातचित गर्दै मुख्यमन्त्रीले भने, उनले मानिसहरूसित प्रत्यक्ष बातचित गरेर उनीहरूको मत बुझे। जनताले अब राजनीतिक बयानबाजीभन्दा अधिक रोजगार र विकास जस्ता मुद्दाहरूमा ध्यान दिरहेका छन्।
उनले भने, मानिसहरू यो बुझ्न वा जान्न चाहन्छन् कि कति नोकरी दिइनेछ र कति विकास गरिनेछ। मुख्यमन्त्रीले यो पनि दाबी गरे, अब जनता कंग्रेसको कुरा सुन्न इच्छुक छैनन्।
राज्यमा आगामी विधानसभा चुनाउको कारणले राजनीतिक गतिविधिहरू तीव्र गतिमा अगाड़ि बढ़िरहेका छन् भने दलहरूले आफ्ना मतदाताहरूलाई रिजाउन जनसम्पर्क अभियानहरू संचालन गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा