विधानसभा चुनाउपूर्व पश्चिम बंगालमा प्रशासनिक फेरबदल, 14 जना रिटर्निंग अफिसरहरूको स्थानान्तरण
विधानसभा चुनाउपूर्व पश्चिम बंगालमा प्रशासनिक फेरबदल, 14 जना रिटर्निंग अफिसरहरूको स्थानान्तरण


कोलकाता, 27 मार्च (हि.स.)। विधानसभा चुनाउको पृष्ठभूमिमा भारत निर्वाचन आयोगले पश्चिम बंगालमा व्यापक प्रशासनिक फेरबदल गर्दै 14 वटा विधानसभा सीटका रिटर्निंग अफिसरहरूलाई स्थानान्तरण गरिदिएको छ। गए बिहिवार राति आयोगको सूत्रले यस आशयको जानकारी दिएको हो। सूत्रानुसार राज्यका नौ वटा जिल्लाहरूमा तैनाथ यी अधिकारीहरूलाई मात्र पाँच दिनभित्रमा आफ्नो पदबाट अपदस्थ गरिएको छ जबकि यिनीहरूलाई गत सोमवार मात्र नियुक्त गरिएको थियो।

आयोगको नयाँ अधिसूचना अनुसार रिक्त भएका पदहरूमध्ये नौ वटा पदमा नयाँ अधिकारीहरूलाई नियुक्त गरिएको छ। पूर्व मिदनापुर जिल्लामा सबैभन्दा अधिक फेरबदल देख्न पाइएको छ जहाँ पाँच वटा विधानसभा क्षेत्रका रिटर्निंग अफिसरहरूलाई परिवर्तन गरिएको छ। यीमध्ये नन्दीग्राम सीटको लागि 2009 ब्याचका पश्चिम बंगाल सिभिल सेवा अधिकारी राजर्षि नाथलाई नयाँ जिम्मेवारी सुम्पिइएको छ। अधिसूचना प्रत्येक जिल्ला तथा निर्वाचन क्षेत्र अनुसार अधिकारीहरूको नाम, उनीहरूको पूर्व पद तथा नयाँ जिम्मेवारीको उल्लेख गरिएको छ सबै सम्बन्धित अधिकारीहरूलाई शुक्रवार साँझ 5 बजीसम्ममा आफ्नो पदभार ग्रहण गर्ने निर्देश दिइएको छ।

आयोग सूत्र अनुसार रिटर्निंग अफिसरहरूलाई फेरबदल गरिएका क्षेत्रहरूमा जलपाईगुड़ी, भरतपुर, बादुरिया, जगतबल्लभपुर, जादवपुर, मोयना, नन्दकुमार, पुरशुरा, कांथी दक्षिण, एगरा, खड़गपुर, दासपुर, हल्दिया औ सोनामुखी सामेल छन्। यस अतिरिक्त हरिहरपाड़ा, करिमपुर, फाँसीदेवा, नन्दीग्राम, खानाकुल, केशियाड़ी, रायपुर-बिनपुर र बर्धमान दक्षिण सीटमा नयाँ रिटर्निंग अफिसर नियुक्त गरिएको छ।

उल्लेखनीय छ, पछिल्लो सोमवार आयोगले राज्यका 73 वटा विधानसभा केन्द्रहरूमा रिटर्निंग अफिसरहरू नियुक्त गरेको थियो। सोही सूचीमा भवानीपुर सीटको लागि नन्दीग्रामका बीडीओ सुरजित रायलाई रिटर्निंग अफिसर बनाइएको थियो। यस नियुक्तिलाई लिएर तृणमूल कंग्रेसले आपत्ति व्यक्त गर्दै आरोप लगाएको थियो, सुरजित राय शुभेन्दु अधिकारीका निकटवर्ती हुन् तथा उनको प्रप्रभावमा काम गरिरहेका छन्। पार्टीले 24 मार्चको दिन यस मामिलामा आयोगलाई पत्र पनि पठाइएको थियो।

यसै विवादबीच आयोगले राज्यका मुख्य सचिवसित तीनजना अधिकारीहरूको नाम मागेको थियो। 14 वटा सीटमा नयाँ रिटर्निंग अफिसरहरू नियुक्त गरिएको भए पनि मुख्यमन्त्रीको निर्वाचन क्षेत्र भवानीपुरको लागि अहिलेसम्म कुनै नयाँ अधिकारीको नाम घोषणा गरिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande