
मङ्गन, 27 मार्च (हि.स.)। मङ्गन जिल्लाको नामोक स्वयेम जीपीयूको स्वयेम वार्डमा सिक्किम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत आज नवनिर्मित घर उद्घाटन गरिएको छ। नवनिर्मित घरको उद्घाटन गरेर क्षेत्र विधायक तथा मन्त्री पिन्चो नामग्याल लेप्चाले लाभार्थी लोप्जाङ लेप्चालाई हस्तान्तरण गरे। यस चरण अन्तर्गत निर्मित जिल्लाको यो पहिलो एसजीएवाई घर रहेको बताइएको छ।
यस अवसरमा जिल्ला अध्यक्ष कादो लेप्चा, एपीएस फुर्बा भोटिया, जिल्ला एवं ग्राम पञ्चायतहरू, जिल्ला प्रशासनका अधिकारीहरू तथा स्थानीय मानिसहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल