श्री रामनवमीको अवसरमा खरसाङको गिद्ध पहाडदेखि दार्जिलिङसम्म पदयात्रा
श्री रामनवमीको अवसरमा खरसाङको गिध्द पहाडदेखि दार्जिलिङसम्म पदयात्रा


खरसाङ, 27 मार्च (हि.स.)। श्री राम महोत्सव समिति दार्जिलिङ खरसाङ शाखाको आयोजनामा आज श्री राम नवमीको अवसरमा शुक्रवार खरसाङको गिद्ध पहाडस्थित श्री राम मन्दिरदेखि दार्जिलिङको महाकाल मन्दिरसम्म पदयात्राको आयोजना गरियो। उक्त पदयात्रा विश्व हिन्दु परिषदद्वारा श्री राम नवमी महोत्सव दार्जिलिङ जिल्ला खरसाङ शाखाको आयोजनामा सम्पन्न गरियो।

खरसाङ शाखाका अध्यक्ष पेम्बा रिम्पोर्छे, सचिव बिक्रम प्रसाद, कोषाध्यक्ष कैलाश गोयल, पण्डित केशव मिश्र, पण्डित पुरुषोत्तम अधिकारी, सदस्यहरु बिनय प्रसाद, चन्दन प्रसाद र अन्यहरु उपस्थित रहेका थिए। बिहान खरसाङको गिद्ध पहाडस्थित श्री राम मन्दिरमा पूजा अर्चना गरेर पदयात्रा शुरु गरिएको थियो। उक्त पदयात्रा गिद्द पहाडस्थित राम मन्दिरबाट शुरु भएर खरसाङ बजार हुँदै बस टर्मिनलमा पुगेर समापन भयो भने बस टर्मिनलबाट श्रद्धालुहरू दार्जिलिङको महाकाल बाबाको मन्दिरसम्म गाडीमा प्रस्थान गरे।

यस पदयात्रामा खरसाङ क्षेत्रका विभिन्न मठ मन्दिरहरुका पुजारी र सन्तहरु लगायत स्थानीयहरु भेला भएर दार्जिलिङसम्मको पदयात्रा गरे। यस अवधि अयोध्याबाट ल्याइएको श्रीरामको चरण धुल, अमृत र ढुंगा पनि पदयात्रामा सामेल गरिएकाले यसको दर्शन गर्नेहरूको निकै भीड देखियो। श्री राम नवमी महोत्सव दार्जिलिङ जिल्ला खरसाङ शाखाका अध्यक्ष पेम्बा रिम्पोर्छेले खरसाङको गिद्द पहाडस्थित श्री राम मन्दिरमा बिहान भजन कीर्तन र पूजा अर्चना गरेर पदयात्रा शुरु गरिएको जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande