
देवरिया, 27 मार्च (हि.स.)। जिल्ला पुलिसले दुई छुट्टाछुट्टै पासपोर्ट बनाएको मामिलामा संलग्न एक वान्टेड अभियुक्तलाई पक्राउ गरेको छ।
सर्कल अफिसर हरिराम यादवले बताए, रुद्रपुर थानामा दर्ता पासपोर्ट अधिनियमसित सम्बन्धित वाञ्छित अभियुक्त धर्मेन्द्र यादव, निवासी महराजगंज पोस्ट तारासारालाई सूचनाको आधारमा रुद्रपुरको पूर्वी बाइपास नजिकै पक्राउ गरिएको छ।
अभियुक्तले 2013 र 2020 मा आफ्ना आमाबाबुको नाम, जन्मतिथि र ठेगाना नक्कली बनाएर दुई छुट्टाछुट्टै पासपोर्ट बनाएको थियो। रुद्रपुर थानामा मुद्दा दर्ता गरिएको थियो र अनुसन्धान भइरहेको थियो। पक्राउपछि पुलिसले आरोपी विरुद्ध कानूनी कारबाही शुरु गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी