
गुवाहाटी, 27 मार्च (हि.स.)। अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ) प्रमुख मौलाना बदरुद्दीन अजमलको एक कथित विवादित बयानलाई लिएर असमभरि नै व्यापक प्रतिक्रिय देखिएको छ। “मियाँले मुख्यमन्त्रीको कम्मर भाँचिदिनेछ” जस्ता टिप्पणीले जनमानसमा आक्रोश उत्पन्न गरेको छ तथा राजनीतिक जगतमा पनि यसमाथि व्यापक चर्चा शुरू भएको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पनि शुक्रवार बिहपुरियामा आयोजित एक चुनावी कार्यक्रममा भाग लिँदै अजमलको बयानमाथि प्रत्याक्रमण गरे अनि ठूलो कारबाही गर्ने सन्देश दिए। स्थानीय मानिसहरूले पनि यस बयानको घोर निन्दा गर्दै यसलाई उक्साउने तथा सामाजिक सौहारदको लागि हानिकारिक बताए। मानिसहरूको भनाइ छ, यस किसिमको भाषाले राज्यको शान्तिपूर्ण वातावरणलाई प्रभावित पार्नसक्छ। साथै जिम्मेवार राजनीतिको विरोधमा छ।
यसबीच मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले देखाएका दिशाको आधारमा केही मानिसहरूले भने, असम कुनै एक समुदायको दबावमा होइन, कानून र सुशासनको आधारमा चल्छ।
आलोचकहरूले अजमलमाथि साम्प्रदायिक मुद्दाहरूलाई प्रोत्साहन गरेर राजनीति गरेको आरोप लगाउँदै भने, यस किसिमको बयानबाजीलाई राज्यको राजनीतिमा कुनै स्थान दिनु हुँदैन।
आगामी चुनाउको पृष्ठभूमिमा यस बयानले राज्यको राजनीतिलाई अझ् तताएको छ भने जिम्मेमवार तथा संयमित राजनीतिक सम्वादको माग पनि तीव्र भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा