
गुवाहाटी, 27 मार्च (हि.स.)। असम सरकारका मन्त्री पीयूष हजारिकाले शुक्रवार एआईयूडीएफ प्रमुख बदरुद्दीन अजमलमाथि धारिलो प्रहार गर्दै आरोप लगाए, उनले पछिल्लो 20 वर्षदेखिकै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई राजनीतिक रूपमा कमजोर बनाउने प्रयास गरिरहेका छन्, तर उनी कहिल्यै सफल हुनेछैनन्।
हजारिकाले भने, अजमलका सबै प्रयासहरू विफल हुँदै आएका छन् र भविष्यमा पनि विफल हुनेछ। उनले भने, असममा कुनै पनि “बंगलादेशी तत्व”-ले मुख्यमन्त्रीको केही पनि बिगार्न सक्दैन।
उनले भने, असमका जनताले अजमललाई कड़ा जवाफ दिनेछन्। हजारिकाले आरोप लगाए, अजमलले समय-समयमा अलग-अलग राजनीतिक दलहरू विशेष गरी कंग्रेससित मिलेर मुख्यमन्त्रीविरूद्ध वातावारण सृजना गर्ने चेष्टा गर्दै आइरहेका छन्।
उनले विश्वास व्यक्त गरे, अजलमको यो रणनीति पहिला पनि असफल भएको थियो र भविष्यमा पनि जनताले यसलाई स्वीकार गर्ने छैनन्। हजारिकाले यहाँ एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा