
गुवाहाटी, 27 मार्च (हि.स.)। पवित्र चैत्र राम नवमीको शुभ अवसरमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सबै देशवासीहरूलाई हार्दिक शुभकामना प्रेषित गरेका छन्।
मुख्यमन्त्री डा. सरमाले आफ्नो सोशल मीडिया ह्याण्डलमा एउटा पोस्ट शेयर गर्दै भनेका छन्, मर्यादा पुरुषोत्तम श्रीरामका आदर्शले तपाईहरू सबैको जीवनलाई सुख, शान्ति र धर्मको पथमा सदैव अग्रसर गराओस्।
ज्ञात रहोस्, असम विधानसभा चुनाउ- 2026 लाई मध्यनजर गर्दै अहिलेघरि सम्पूर्ण राज्यभरि नै व्यापक रूपमा चुनाउ प्रचार भइरहेको छ। यसै क्रममा मुख्यमन्त्री डा. सरमाले आज बिहपुरिया, रंगानदी, ढकुवाखाना, नाओबैचा सहित अबेर साँझ लखिमपुरमा रोड शो गर्नेछन्। चुनावी व्यस्तताबीच पनि मुख्यमन्त्री डा. सरमाले मठ, मन्दिर आदि धार्मिक स्थलहरूमा पुगेर पूजा-अर्चना गर्ने कुनै पनि अवसरलाई गुमाइरहेका छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा