
गुवाहाटी, 27 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमाले आगामी विधानसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा)-को व्यापक जीत हुने अनुमान लगाएका छन्। उनले यसको लागि जनताको मजबुत समर्थन र पार्टीको संगठनात्मक तयारीहरूलाई आधारको रूपमा पेश गरे।
लगातार चुनाउको प्रचार-प्रसारमा जुटिरहेका डा. सरमाले सञ्चारकर्मीहरूसित कुराकानी गर्ने क्रममा आज पार्टीको जनसम्पर्क अभियानलाई प्राप्त प्रतिक्रियाको उल्लेख गर्दै भने, विजय संकल्प यात्रा अवधि ठूलो संख्यामा मानिसहरूले हामीलाई आशीर्वाद दिए। उनले भने, भाजपालाई आफ्नो पक्षमा ऐतिहासिक परिणाम आउने आशा छ।
मुख्यमन्त्रीले आफ्ना राजनीतिक विरोधीहरू विशेष गरी अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ)- का बदरुद्दीन अजमलमाथि पनि तीव्र हमला गरे। आफ्नो बयानमा डा. सरमाले भने, भाजपाले असमका शत्रुहरूको शक्तिलाई पूर्ण रूपले निर्मुल पारिदिएको छ। आगामी दिनमा बचेका अन्य शत्रुहरूलाई पनि निमिट्यान्न पार्नेछौं।
भारत निर्वाचन आयोग अनुसार सबै 126 विधानसभा क्षेत्रहरूको लागि मतदान आगामी 9 अप्रेलमा हुनेछ भने मतगणना 4 मईमा सम्पन्न हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा