भाजपा नेताले अजमलमाथि गरे प्रहार, साम्प्रदायिक राजनीति गरेको आरोप
भाजपा नेताले अजमलमाथि गरे प्रहार, साम्प्रदायिक राजनीति गरेको आरोप


गुवाहाटी, 27 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) नेता तथा बिहपुरिया क्षेत्रबाट उम्मेद्वार भूपेन बोराले एआईयूडीएफ प्रमुख बदरुद्दीन अजमलमाथि धारिलो प्रहार गर्दै आरोप लगाए, उनको राजनीति साम्प्रदायिकतामाथि आधारित छ र यो बिना उनले राजनीति गर्नै सक्दैनन्।

शुक्रवार मीडियासित कुराकानी गर्दै बोराले भने, अजमल सदैव विभाजनकारी राजनीतिमाथि निर्भर रहँदै आइरहेका छन्। साम्प्रदायिकता बिना उनको राजनीति सम्भाव नै छैन। उनले यो पनि आरोप लगाए, कंग्रेस पार्टीले नै उनलाई अगाड़ी बढ़्ने अवसर दियो परिणामस्वरूप आज उनी प्रभावशाली भएका छन्।

भाजपा नेता प्रशान्त फूकनले पनि कंग्रेसमाथि लक्षित गर्दै भने, कंग्रेस पार्टीका नीतिहरूको कारण अजमललाई राजनीतिक रूपले मजबुत हुने अवसर प्राप्त भयो।

भाजपा नेताहरूले यो पनि आरोप लगाए, आगामी चुनाउमा जीत हासिल गर्नका लागि एआईयूडीएफलाई असदुद्दीन ओवैसी जस्ता नेताहरूको सहारा लिन परिरहेको छ जसलाई उनले कट्टर इस्लामिक नेता बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande