जिल्लामा 2 हजार 504 मतदान केन्द्रहरूमा मतदान हुनेछः डीएम
जिल्लामा 2 हजार 504 मतदान केन्द्रहरूमा मतदान हुनेछः डीएम


आसनसोल, 27 मार्च (हि. स.)। पश्चिम बर्दवान जिल्लामा आगामी विधानसभा चुनाउलाई लिएर प्रशासनिक तयारी द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। गए बिहीवार आसनसोल कल्याणपुर हाउसिंगस्थित जिल्लाधिकारी कार्यालयमा आयोजित एक प्रेस कन्फ्रेन्समा जिल्लाधिकारी एस. पोन्नम्बलमले बताए, सम्पूर्ण जिल्लामा मतदान प्रक्रियालाई सुचारू तथा सुरक्षित बनाउनको लागि व्यापक प्रबन्ध गरिएको छ।

उनले बताए, विधानसभा चुनाउलाई लिएर प्रमुख तयारीहरू पूरा गरिएको छ। जिल्लामा 2 हजार 504 मतदान केन्द्रहरू स्थापना गरिएको छ। प्रत्येक बूथमा न्यूनतम चारजना मतदन कर्मीहरूलाई तैनाथ गरिनेछ। 30 प्रतिशत रिजर्भ सहित लगभग 14 हजार कर्मीहरूलाई नियुक्त गरिएको छ। केही अतिरिक्त बूथको पनि व्यवस्था गरिेको छ। 12 सयभन्दा अधिक मतदाताहरू भएको केन्द्रमा 84 सहायक बूथहरूको प्रस्ताव पठाइएको छ। चुनाउलाई लिएर मतदान कर्मीहरूको प्रशिक्षण शुरू भइसकेको छ। पहिलो चरण आगामी आइतवारसम्ममा पूरा हुनेछ। शुक्रवार नेशनल इन्स्टीट्यूट अफ टेक्नोलजी (दुर्गापुर एनआइआइटी) तथा शनिवार 28 मार्चमा डीएभी पब्लिक स्कूल आसनसोलमा पोलिंग पर्सनललाई प्रशिक्षण दिइनेछ। उनले भने, विशेष बूथको रुपमा 243 वटा पिंक (महिला-संचालित) बूथ बनाइनेछ भने 9 वटा मोडल बूथ (हरेक विधानसभामा एउटा) बनाइनेछ। दिव्यांग कर्मीहरूद्वारा संचालित एक विशेष बूथ पनि स्थापित हुनेछ। डीएमले भरोसा दिलाए, चुनाउलाई सहज, सुरक्षित र निष्पक्ष ढंगमा संचालन गर्नको लागि प्रशासन पूर्ण रूपमा तयार छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande