
कोलकाता, 27 मार्च (हि.स.)। आरजी कर मेडिकल कलेज एवं अस्पतालमा भएको लिफ्ट दुर्घटनामा एक जना व्यक्तिको मृत्यु भएको मामिलामा अचम्भको जानकारी सामु आएको छ। जाँचमा थाहा लागे अनुसार पक्रा पर्ने तीनै जना लिफ्टम्यान घटना हुँदा मातेर ड्यूटीमा तैनाथ भएका थिए।
पुलिस सूत्र अनुसार नागेरबजार निवासी अरूप बन्द्योपाध्याय आफ्नी पत्नी र पुत्र सहित ट्रमा केयरको लिफ्ट नम्बर-2 मा फसेका थिए। आरोप छ, त्यसबेला ड्यूटीमा उपस्थित लिफ्टम्यानले मातेकै कारणले स्थितिलाई बुझ्न सकेन फलस्वरूप उसले समयमै आवश्यक कदम उठाउन सकेन। जाँचमा यो पनि सामु आएको छ, यदि लिफ्टको ताला भत्काएर बेसमेन्टसम्म पुगेको भए फसेका मानिसहरूलाई धेरै अगाड़ी बाहिर निकाल्न सकिन्थ्यो।
यस मामिलाको जाँच गरिरहेको कोलकाता पुलिसको गुप्तचर विभागीय अधिकारीहरूले जाँचबुझमा पाए, घटना घटेको दिन तीनैजना लिफ्टम्यान बाहिर बसेर रक्सी खाएपछि मातेर ड्यूटीमा पुगेका थिए। जाँचबुझमा उनीहरूले यो पनि स्वीकार गरे, धेरैपटक उनीहरू यसरी मातेर ड्यूटीमा आउने गर्दछन्।
पुलिस अनुसार ट्रमा केयरको प्रत्येक लिफ्टको जिम्मेवारी अलग-अलग लिफ्टम्यानसित थियो र उनीहरूको ड्यूटी राती 10 बजीदेखि शुरू हुन्थ्यो। जाँचमा थाहा लाग्यो, गत 19 मार्चको साँझपछि तीनैजनाले भिन्न-भिन्न स्थानमा रक्सी खाइरहेका थिए र उनीहरू राती लगभग 10 बजी अस्पतालमा पुगेर औपचारिक रूपमा आफ्नो ड्यूटी सम्हाले।
घटनाको अनुसन्धान गर्ने क्रममा अस्पताल परिवरका लगभग 70 वटा सीसीटीभी क्यामराको फुटेज जाँच गरिँदैछ। फुटेजमा राति लगबग 12 बजीसम्म उनीहरूलाई लिफ्टको छेउछावमा देखिएको छ भने त्यसपछि कुनै पनि लिफ्टम्यानलाई लिफ्टको छेउमा देखिएको छैन।
जाँचबुझमा दुईजना लिफ्टम्यानले स्वीकार गरे, उनीहरूले अत्यधिक मात्रामा रक्सी खाएका थिए र त्यस्तै अवस्थामा सुतेका थिए जबकि तेस्रो लिफ्टम्यान सतौं तलाको एउटा कोठामा बसेर मोबाइलमा गीत सुनिरहेको थियो। त्यसैले पीड़ितका पिता अमल बन्द्योपाध्यायले गुहार माग्दा पनि उसले स्थितिलाई बुझ्न सकेन।
पुलिसले अब यो पत्तो लगाउने चेष्टा गरिरहेको छ, घटना अगाड़ि तीनैजना लिफ्टम्यानहरूले कुन-कुन स्थानमा रक्सी खाइरहेका थिए। यसको लागि सम्भावित स्थानहरूमा पुगेर प्रमाण जुटाइँदैछ। साथै मोबाइल फोनको माध्यमबाट उनीहरूको लोकेशनको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा